PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं : भरतपुर अस्पतालमा चितवनका ५५ वर्षका पुरुषको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ। मृगौला रोगी उनलाई असोज ४ गते संक्रमण पुष्टि भएको थियो।

भरतपुर महानगरपालिका ७ का उनी खोकी र स्वासप्रवासमा समस्या देखिएपछि  ७ गते अस्पताल भर्ना भएका थिए।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि २०७७ असोज ८ गते आइसियूमा राखी उपचार गरिरहेका बेला सोमवार निधन भएको अस्पतालले जनाएको छर।

उनको नियमित डायलायसिस  समेत भइरहेको थियो।

अस्पतालले स्वास्थकर्मीको प्रयासका बावजुद बिरामीको मृत्यु भएको जनाएको छ। नेपालमा कोभिड १९ संक्रमणका कारण निधन हुनेको संख्या आइतवार साझँसम्म ४ सय ७७ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell