PahiloPost

May 14, 2025 | १ जेठ २०८२

धनगढीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु



एम बम

धनगढीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु
फाइल फोटो।

कैलाली : कैलालीमा एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर एक की ६३ वर्षीया कोरोना संक्रमित महिलाको सोमवार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्। उपचारकै क्रममा परीक्षण गर्दा असोज १० गते उनमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। कोरोना पुष्टि भएपछि आइसीयूमा उपचाररत उनको सोमवार दिउँसो मृत्यु भएको श्रेष्ठले बताए।

योसँगै धनगढीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ भने प्रदेश भरी हालसम्म २१ जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell