PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सुनसरीका ३६ सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिए, ४४ जना भए डिस्चार्ज



फूलमाया पुरी

सुनसरीका ३६ सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिए, ४४ जना भए डिस्चार्ज

विराटनगर : प्रदेश १ मा सोमवार ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २/२, धनकुटा र इलाममा १/१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७ महिला र ७ पुरुष, इटहरीमा २ महिला र ९ पुरुष, दुहवीमा ३ महिला र ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै, मोरङको विराटनगरमा ६ महिला र १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला र २ पुरुषमा पनि सोमवार कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला र २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १/१ पुरुषसंक्रमित भएका छन्।

यता, झापाको मेचीनगर र विर्तामोडमा १/१ पुरुष, धनकुटा र इलाममा १/१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय १९ पुगेको छ।

प्रदेश १ मा सोमवार ४४ जना डिस्चार्ज भएका छन्। सोमवार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आइसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा हालसम्म २ हजार ८ सय ६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमवार ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएकामा २७ महिला र ५६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार हालसम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell