PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

धरानस्थित विपी प्रतिष्ठानमा ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



फूलमाया पुरी

धरानस्थित विपी प्रतिष्ठानमा ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
फाइल फोटो।

विराटनगर : सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर २ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। डा सापकोटाका अनुसार आइतवार राति ११:५० बजे अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी ती महिलाको सोमवार बिहान ५:४५ बजे मृत्यु भएको हो।

ती महिला अस्पताल आउँदा ज्वरो खोकी श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएको थियो। तत्काल स्वाब संकलन गरी थप परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर (मधुमेह) देखिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानकै प्रयोगशालमा गरिएको परीक्षणमा ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सापकोटाले जानकारी दिए। कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।

योसँगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट ३४ जनाले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell