
झिमरुक : प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमवार जेसीबी चालकको मुत्यु भएको छ।
माण्डवी गाउँपालिका-१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग)मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा सीतगङ्गा नगरपालिका-८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिरोले जेसीबी पनि पुरेको छ।