PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

पर्साका स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण काठमाडौंमा मृत्यु



राधेश्याम पटेल

पर्साका स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण काठमाडौंमा मृत्यु
फाइल फोटो

वीरगंज : पर्सामा कार्यरत एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण उपचारको क्रममा मृत्यु भएको छ। काठमाडौंको करुण अस्पतालमा सोमवार बिहान उनको मृत्यु भएको हो।

मृतक महोत्तरी घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत थिए। ५८ वर्षे सिनियर हेल्थ असिस्टेन्ट उनी छैठो तहमा कार्यरत थिए। एक साताअघि रुघाखोकी र ज्वरो आएपछि उनी बिदा लिएर महोत्तरी घर गएका थिए।

त्यसपछि कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि जनकपुर प्रादेशिक प्रयोगशालामा परीक्षण गराउँदा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। उनलाई थप उपचारको लागि काठमााडौं लगिएको थियो। केही दिनदेखि उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा अचानक मृत्यु भएको हो।

पर्साका स्वास्थ्यकर्मीको मृत्युको यो पहिलो घटना भएकोले हिम्मतका साथ काम गरी जनताको सेवा गर्न स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell