PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

झापाका कोरोना संक्रमित पुरुषको नोवेल अस्पताल विराटनगरमा मृत्यु



फूलमाया पुरी

झापाका कोरोना संक्रमित पुरुषको नोवेल अस्पताल विराटनगरमा मृत्यु

विराटनगर : झापाका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसोलेसन विराटनगरमा उपचाररत ती पुरुषको सोमवार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

दाहालका अनुसार झापाको गौरादह नगरपालिका वडा नम्बर १ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोगको समस्या भएका ती व्यक्ति श्वासप्रश्वासको समस्याले अस्पताल भर्ना भएका थिए।

गत असोज ३ गते अस्पताल भर्ना भएका ती पुरुषको असोज ५ गते स्वाब संकलन गरिएको थियो। स्वाब परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशाला पठाइएको र असोज ६ गते ती व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ आएको दाहालले बताए।

‘उहाँमा सुगर, प्रेसर र अल्कोहलिकको समस्याले अस्पताल आउनु भएको थियो’, दाहालले भने, ‘५ गते स्वाब संकलन गरी कोशी प्रयोगशाला पठाइएको थियो, ६ गते पीसीआर रिपोर्ट पोजिटिभ आयो र यहाँ आइसोलेसनमा उपचाररत हुनुहुन्थ्यो, आज दिउँसो मृत्यु भयो।’

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव झापाका नेपाली सेनाले व्यवस्थापन गर्ने दाहालले बताए।

यसैबीच, शुरुवाती दिनमा अस्पतालका संक्रमित विद्यार्थी तथा कर्मचारीका लागि मात्र व्यवस्थापन गरेको कोभिड आइसोलेसनमा अन्य संक्रमितको पनि उपचार हुने उनले बताए। ११२ बेडको व्यवस्थापन गरिएको कोभिड आइसोलेसनमा हाल २४ जना संक्रमित कर्मचारी उपचाररत रहेको दाहालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell