PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'सरकारको नैतिकता गायब भयो' भन्दै माइतीघरमा बालियो मैनबत्ती, डा केसीको माग पूरा गर्न माग

'सरकारको नैतिकता गायब भयो' भन्दै माइतीघरमा बालियो मैनबत्ती, डा केसीको माग पूरा गर्न माग

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा माइतीघरमा सोमबार मैनबत्ती बालेर प्रदर्शन गरिएको छ।

स्वास्थ्य क्षेत्रमा सुधार लगायतका माग लिएर केसी १५ दिनदेखि अनसनमा छन्। अनसन जुम्लामा सुरु गरिएको थियो। तर प्रहरीले उनलाई त्यहाँबाट अस्पताल पुर्‍याएका थिए। त्यसपछि केसी काठमाडौं आएका थिए। टिचिङ अस्पताल जाने भनिएपनि प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टर लगेको थियो। जनदबाबपछि केसीलाई फेरि टिचिङ जान दिइएको थियो। हाल केसी टिचिङ अस्पतालमा नै अनसनरत् छन्।

सरकारले केसीको माग सम्बोधन गर्न केही नगरेको भन्दै केहीदिनयता माइतीघर मण्डलमा विरोध प्रदर्शन हुँदै आएको छ। सोमबार प्रदर्शनमा उत्रेकाहरुले सरकारले पहिलाको सम्झौता पालना नगरेको, सरकारको नैतिक गायब भएको लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell