PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

६ महिनादेखि बन्द पशुपति मन्दिर खुला गर्न दबाब दिँदै दीप प्रज्वलन

६ महिनादेखि बन्द पशुपति मन्दिर खुला गर्न दबाब दिँदै दीप प्रज्वलन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै चैतमा लकडाउन गरिएदेखि देशभरका मन्दिरहरु बन्द छन्। भिड हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारले मन्दिरमा नित्य पूजा बाहेक अन्य सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ।

६ महिनाभन्दा बढी समय देशभरका मठमन्दिरहरु बन्द छन्। पशुपतिनाथ मन्दिर पनि कोरोना संक्रमणका कारण गरिएको लकडाउन यता बन्द छ। तीजमा समेत यसपटक पशुपति मन्दिरको ढोका भक्तजनहरुको लागि खोलिएन।

मन्दिर बन्द भएको धेरै समय बितिसक्दा सरकारले सुरक्षा सतर्कता अपनाउँदै मन्दिर संचालन गर्न कुनै चासो नदिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्। एकातर्फ सबै क्षेत्र खुल्ला गर्ने तर सनातन धर्म रक्षाका लागि भने केही नगरेको उनीहरुको आरोप छ।

त्यसैले केही सातादेखि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै पशुपति मन्दिर भक्तजनका लागि खुला हुनुपर्ने माग गर्दै पाशुपत क्षेत्रमा सांकेतिक रुपमा विरोधका कार्यक्रम भइरहेका छन्।

सोमबार पनि स्थानीयले विश्व शान्तिको कामना गर्दै पशुपति परिसरमा दीप प्रजवलन गर्दे सांकेतिक विरोध गरेका छन्। उनीहरुले सरकारले छिट्टै मन्दिर खुल्ला गर्नुपर्ने माग राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell