इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इण्डियन्सलाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन जोडेको हो।
बेङ्ग्लोरका लागि तीन खेलाडीले अर्धशतक बनाए। जसमा एबि डि भिलियर्सले सर्वाधिक अभिजित ५५ रन जोडे।
त्यस्तै देबदत्त पार्डिकलले ५४ रन र आरोन फिन्सले ५२ रन जोडे। त्यस्तै शिभम् दुबे २७ रनमा अभिजित रहे।
कप्तान बिराट कोहली आजको खेलमा पनि जमेनन्। ११ बलमा ३ रन जोड्दै कोहली आउट भएका थिए।
उता मुम्बइका लागि ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिँदा राहुल चाहरले १ विकेट लिए।
मुम्बइ केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
