
सुरुङ्गा : झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ।
गौरादह नगरपालिका-१ का ६५ वर्षीया मनमाया भण्डारीको सोमवार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ।
हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।