PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने घोषणा



पहिलोपोस्ट

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने घोषणा

काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानको सोमवार बसेको आकस्मिक बैठकले पुरस्कार वितरण रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।

प्रतिष्ठानले आइतवार पुरस्कार घोषणा गरेपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको थियो। सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि प्रतिष्ठानले पुरस्कार रद्द गरेको हो।

कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने उद्देश्य आफूहरुको नभएको अध्यक्ष लामिछानेले बताएका छन्। प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्यकार पुरस्कार लेखक तथा प्राध्यापक डा सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell