PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आर्सनलमाथि लिभरपुलको सानदार जित



पहिलोपोस्ट

आर्सनलमाथि लिभरपुलको सानदार जित

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले आर्सनलमाथि सानदार जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि ३-१ को सानदार जित निकालेको हो।

लिभरपुलको जितमा साडिओ माने, एन्ड्र्यु रोबर्टसन र डिओगो जोटाले गोल गरे। उता आर्सनलका लागि अलेक्जेन्ड्रे लकाजेटले सान्त्वना गोल गरे।

खेलमा सुरुवाती अग्रता आर्सनलले बनाएको थियो। खेलको २५ औं मिनेटमा लकाजेटले गोल गर्दै आर्सनललाई अघि बढाए। तर अग्रता धेरैबेर भने टिकेन। २८ ‍औं मिनेटमा नै लिभरपुलका साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ३४ औं मिनेटमा रोबर्टसनको पासमा लिभरपुलले अग्रता पनि बनायो। पहिलो हाफमा २-१ ले अघि रहेको लिभरपुलका लागि दोस्रो हाफमा डिओगो जोटाले गोल गरे। ४५ मिलियन पाउण्डमा लिभरपुल पुगेका जोटाले डेब्यु खेलमै गोल गरेका हुन्।

जारी सिजन लिभरपुलको यो लगातार तेस्रो जित हो भने आर्सनलको पहिलो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell