PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

गोठमा लुकाएको बन्दुक सहित दुई युवक समातिए



पहिलोपोस्ट

गोठमा लुकाएको बन्दुक सहित दुई युवक समातिए

काठमाडौः प्रहरीले एक युवकलाई बन्दुक सहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरको टोलीले सोमबार कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर विष्टलाई नियन्त्रणमा लिएको हो।

विष्टले मानिसलाई भरुवा बन्दुक देखाएर धम्की तथा डरत्रास फैलाएको उजुरीपछि खोजी गरेको थियो। सोमबार उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भरुवा बन्दुक कमल थापाको गोठभित्र लुकाईराखेको  अवस्थामा फेला पारेको प्रहरीले जानकारी दीएको छ।

एउटा भरुवा बन्दुक लोड गरेको अवस्थामा फेला पारेको हो। प्रहरीले लाल बहादुर बिष्ट र कमल थापा समेत लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell