PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोभिड १९ सहित मृत्युवरण गर्नेहरु १० लाख पार



पहिलोपोस्ट

कोभिड १९ सहित मृत्युवरण गर्नेहरु १० लाख पार

कोभिड १९ संक्रमणसहित मृत्यु हुनेको संख्याको विश्वभर १० लाख पार भएको छ। अनुसन्धानकर्ताहरुले अझै यो संख्या थपिँदै जाने बताएका छन्।

जोन्स हप्किन्स विश्वविद्यलयले जारी गरेको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतले मृत्यु हुनेको आधा हिस्सा ओगट्छ। यद्पि, विज्ञहरु मृत्यु हुनेको संख्या तथ्याङ्कमा देखिएभन्दा धेरै माथि रहेको आशंका गर्छन्।

विद्वविद्यालयले संकलन गरेको तथ्याङ्कअनुसार १० लाख ५ सय ५५ संक्रमितको मृत्यु भएको हो। जसमध्ये अमेरिकामा मात्रै २ लाख ५ हजार ३१ जना रहेका छन्। त्यसैगरी ब्राजिलमा १ लाख ४२ हजार ५८ जना संक्रमितको मृत्यु भएको छ। संक्रमणबाटै मृत्यु हुनेको संख्यामा भारतमा ९५ हजार ५ सय ४२ रहेको छ। म्याक्सिकोमा यो संख्या ७६ हजार ४ सय ३० रहेको छ।

विश्वका ३ करोड ३२ लाख ७३ हजार मानिस कोरोना भाइरस संक्रमणको सिकार भएका छन्। यो सूचीमा अमेरिका, भारत, ब्राजिल, रसिया, कोलम्बिया, पेरु, स्पेन, मेक्सिको, अर्जेन्टिना, दक्षिण अफ्रिका र फ्रान्समा धेरै संक्रमित छन्।

अमेरिकामा ७१ लाख ४७ हजार संक्रमि छन् भने भारतमा ६० लाख ७४ हजार। ब्राजिलमा ४७ लाख ४५ हजार र रसियामा ११ लाख ५४ हजार संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell