PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कोशी अस्पतालमा भर्ना भएलगत्तै आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि



फूलमाया पुरी

कोशी अस्पतालमा भर्ना भएलगत्तै आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

विराटनगर: अस्पताल भर्ना भएको केही बेरमै मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिए।

डा.यादवका अनुसार सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएकाले उपचारका लागि सोमबार दिउँसो २:४८ बजे भर्ना भएका थिए।

कुनै पनि दीर्ग रोगको समस्या नभएका ती व्यक्तिमा कोरोना संक्रमणका लक्षण देखिएकाले तत्काल आइसोलेसनमा भर्ना गरिएको थियो। सोमबार दिउँसो ३:०५ बजे नै ती पुरुषको मृत्यु भएको डा.यादवले बताए।

मृत्यु पश्चात ती पुरुषको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पठाइएको र साँझ ७ बजे रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए।

शव व्यवस्थापन नियमअनुसार हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell