PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ब्रोइलर चल्लालाई कालो मेहेन्दी, लोकल भन्दै धमाधम बिक्री



पहिलोपोस्ट

ब्रोइलर चल्लालाई कालो मेहेन्दी, लोकल भन्दै धमाधम बिक्री

काठमाडौं : प्रहरीले ब्रोइलर कुखुराको चल्लालाई रङ लगाएर लोकल भन्दै बिक्री गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलवार कलंकीबाट चार जनालाई नियन्त्रणमा लिएको वृत्तका डीएसपी अपिल बोहोरले जानकारी दिए।

'उनीहरुले सस्तोमा ब्रोइलर कुकुराको चल्ला ल्याउने अनि रंग लगाएर लोकल भन्दै महँगो मूल्य लिएर बिक्री गर्ने गरेको देखियो,' डीएसपी बोहोराले भने।

प्रहरीले काठमाडौं जैसवाल पोल्ट्री सप्लायर्स संचालक प्रमेशिला देबी, वकिल खान,चन्द्रादेवी साह र गुन्जा भन्नेलाई नियन्त्रणमा लिएको हो। उनीहरुले विभिन्न स्थानबाट रंग लगाएर बेच्न राखेको कुखुराका चल्ला समेत बरामद गरेको छ। प्रहरीले रंग लगाएको ३ हजार ६ सय ५० वटा र नलगाएको २४ हजार ९ सय ५० वटा चल्लाहरु बरामद गरेको डीएसपी बोहोराले जानकारी दिए।

उनीहरुले चितवनको अबिनास मोडर्न ह्याचरीबाट कुखुराको चल्ला ल्याएर रंग लगाइ महँगो मूल्यमा बेच्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell