PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अभिनेता सोनु सुदलाई यूएनडिपीको विशेष अवार्ड



पहिलोपोस्ट

अभिनेता सोनु सुदलाई यूएनडिपीको विशेष अवार्ड

बलिउड अभिनेता सोनु सुदलाई यूनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम (यूएनडिपी)ले अवार्ड प्रदान गरिएको छ। बलिउड हंगामाले जनाए अनुसार सोनुले लकडाउनका समयमा पुर्‍याएको योगदानहरूको सम्मान स्वरुप ‘स्पेसियल ह्युम्यानिटेरियन एक्सन अवार्ड’ दिइएको हो।

कोरोना भाइरस महामारीको समयमा कलाकार सोनु सुद 'रील लाइफ हिरो' बने। राहत वितरणदेखि लकडाउन प्रभावितको उद्धारमा खटे उनी। उनले निम्न आय भएका जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति योजना समेत घोषणा गरेका छन्।

उनले पुर्‍याएको आर्थिक एवं भावनात्मक सहयोगको सम्मान स्वरुप सोमवार आयोजित भर्चुल समारोहमा अवार्ड प्रदान गरियो। शुभचिन्तकले उनको मुहार ट्याटुमा खोपे। उनकै प्रेरणामा आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्लाका युवाहरूले गाउँमा सडक निर्माण गरे।

अवार्ड बारे सुदले भनेका छन्,’संयुक्त राष्ट्र संघबाट सम्मानित हुनु मेरो लागि विशेष करा हो। मैले थोरै गरेको छु। जित गरेको छु आफ्नो बुतामा इमानदार भएर गरेको छु।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell