PahiloPost

May 16, 2026 | २ जेठ २०८३

वीरगंजमा सर्लाहीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु



राधेश्याम पटेल

वीरगंजमा सर्लाहीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

वीरगंज : गएराति वीरगंजमा थप एक जना वृद्धको कोरोना संक्रमणले मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही, बरहथवा ६ का ७० वर्षीय वृद्ध रहेका छन्। नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको वीरगंज नगवाको बाबा होटलमा सञ्चालित अस्थायी कोभिड हस्पिटलमा उपचारको क्रममा गए राति साढे १० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पतालका प्रमुख डा. असरफ हुसैनले जानकारी गराए।

गत आइतवार राति नारायणी अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ हुदाँ सोमवार बिहान ८ बजे कोभिड अस्पतालमा भर्ना भएका थिए। उच्च रक्तचाप, मधुमेह, मिर्गौला र मुटुमा समस्या देखिएका वृद्धको अचानक स्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको डा. हुसैनले बताए। यसैगरी, सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell