आगामी महिनादेखि जापान एयरलाइन्सका विमानमा ‘लेडिज एण्ड जेन्टलमेन’ सम्बोधन हुने छैन। अक्टोबर १ देखि लैङ्गिकता नझल्कने गरी ‘सम्पूर्ण यात्रुहरू’ सम्बोधन गरिने भएको हो। खबर बारे
जापान एयरलाइन्सको अङ्ग्रेजी भाषाको उद्घोष परिवर्न हुन लागेको हो। यसअघि जापानी भाषामा गरिने उद्घोष पहिलेदेखि लैङ्गिक हिसाबमा तटस्थ थियो।
‘यो सानो प्रयास हो। सबै जापानी यात्रुले अङ्ग्रेजी बुझ्दैनन्। त्यसैले उनीहरूका लागि यो प्रयासले अर्थ नराख्न सक्छ’, हिरोसिमा सुडो विश्वविद्यालयका समाजशास्त्री प्राध्यापक काजुया कावागचीले बीबीसीसँग बताएका छन्।
जापानको प्रसिद्ध समलिङ्गी केन्द्रित कम्पनीले भने एयरलाइन्सको उक्त प्रयासप्रति कृतज्ञता जनाएको छ। भने,’ठूला उद्योगहरूले गरेको सुरुवातलाई नै साना तथा मझौला उद्योगहरूले पच्छ्याउने हो।‘
एयरलाइन्सले भने सकारात्मक वातावरण निर्माणका लागि सम्बोधनको नयाँ शैली अपनाउन लागेको बताएको छ। रोयटर्सलाई उद्घृत गर्दै बीबीसीले लेखेको छ : जापान एयरलाइन्स सबै यात्रुलाई बराबर सम्मान गर्न चाहन्छ। हामी लैङ्गिक विभेद झल्कने सम्बोधनलाई प्रोत्साहित नगर्ने प्रतिवद्ध छौं।
यसअघि सन् २०१९ देखि एयर क्यानडा र इजीजेटले लैङ्गिक समानता झल्कने सम्बोधन गर्न थालेको थियो।
जापानमा समलिङ्गी विवाहलाई भने कानूनी वैधानिकता दिइएको छैन। गत वर्ष जापानभर समलिङ्गी विवाहलाई वैधानिकता दिने मागसहित प्रदर्शन भएको थियो।
