PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ मा १ सय २२ संक्रमित थपिए, तीन जनाको मृत्यु, १६६ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा १ सय २२ संक्रमित थपिए, तीन जनाको मृत्यु, १६६ जना डिस्चार्ज

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २२ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा १/१ जना पुरुषको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा हालसम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मंगलवार मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २९ महिलासहित ६१ जनामा संक्रमण देखिएको छ। कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला र १० पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सुनसरीको धरानमा २ महिला र ५ पुरुष, इटहरीमा १ महिला र ४ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुष संक्रमित भएका छन्।

त्यसैगरी, झापाको दमक र भद्रपुरमा ३/३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यता तेह्रथुमका २, भोजपुर र उदयपुरका १/१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय ४१ पुगेको छ। प्रदेश १ मा मंगलवार १ सय ६६ जना डिस्चार्ज भएका छन्।

मंगलवार होम आइसोलेसनबाट मात्रै १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै, रुम्झाटार आइसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना पनि डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलवार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख २२ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell