PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पर्साबाट थप उपचारका लागि चितवन लैजादैँ गर्दा कोरोना संक्रमित वृद्धको बाटौमै मृत्यु



राधेश्याम पटेल

पर्साबाट थप उपचारका लागि चितवन लैजादैँ गर्दा कोरोना संक्रमित वृद्धको बाटौमै मृत्यु

वीरगंज : पर्साका एक जना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सोमवार बिहान १ बजे वीरगंजबाट चितवन लैजाने क्रममा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा रेन्जका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो।

उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले पुष्टि गरेको छ। कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएपछि ढिलो मात्रै उनको मृत्युको खबर आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य निरीक्षक जयमोद ठाकुरले बताए। वीरगंजको गण्डकस्थित वयोधा हस्पिटलबाट थप उपचारको लागि भरतपुर लैजाने क्रममा उनको मृत्यु भएको थियो।

मिर्गौला रोगी भएका वृद्धको १८ पटक वयोधा र नेशनल मेडिकल कलेजमा डायलासिस भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असोज १० गते वयोधा अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएकोमा असोज ११ गते स्वाब संकलन गरी जाँच गराउँदा राति रिपोर्ट पोजिटिभ आएको थियो।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell