PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

सुनचाँदी महासंघ प्रदेश २ मा विवाद, शिवकुमार र रामजीले गरे समानान्तर समिति गठन



राधेश्याम पटेल

सुनचाँदी महासंघ प्रदेश २ मा विवाद, शिवकुमार र रामजीले गरे समानान्तर समिति गठन

वीरगंज : नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ मा विवाद उत्पन्न भएको छ। महासंघले असोज १२ गते सम्पन्न गर्नु पर्ने प्रदेश महासंघको अधिवेशन हुन नसक्दा दुई समूहले छुट्टाछुट्टै समानान्तर कमिटि गठन गरी सर्वसहमतले प्रदेश अध्यक्ष चयन गरेको दावी गरेका छन्।

रौतहटका बासिन्दा तथा केन्द्रीय महासंघका उपाध्यक्ष रामजी साहले एउटा समूहको अध्यक्ष चयन भएको दावी गरेका छन् भने अर्को समूहको अध्यक्षमा पुर्व अध्यक्ष तथा वीरगंजका व्यवसायी शिवकुमार साह रहेको बताइएको छ।

एउटा समूहले वीरगंजको हरिओम पार्टी प्यालेसमा गोप्य अधिवेशन गरी पदाधिकारी चयन गरेका छन् भन अर्को समूहले धनुषाको ढल्केबरको सम्राट होटलमा गएराति अधिवेश गरी ११ सदस्यीय पदाधिकारी चयन गरेको छ। रामजी साहले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा मंगलवार दिउँसो पत्रकार सम्मेलन गर्दै शिवकुमार साहको समूहले गरेको अधिवेशन विधान विपरित रहेकोले त्यसको विरुद्धमा बहुमत सदस्यको उपस्थितिमा आफूहरुले ढल्केबरमा गएराति अधिवेशन गरी पदाधिकारी चयन गरेको बताए।

उनको समितिको उपाध्यक्ष द्वय सन्तेष साह, विशेश्वरप्रसाद साह, सचिव भीमबहादुर बिक, कोषाध्यक्ष देवकष्ण सिंह, सह सचिव राकेश सर्राफ, सह कोषध्यक्ष विश्वनाथ साह, सदस्यहरुमा प्रकाश विक, ध्रुव बिक, राजकुमार साह, पूजादेवी साहलगायत रहेको निर्वाचन अधिकृत अधिवक्ता मन्सुर बाबू अन्सारीले बताए।

यता, हिजो वीरगंजमा सम्पन्न एउटा समूहको निर्वाचन शिव सर्राफ प्रदेशको अध्यक्ष निर्विरोध चयन भएका छन्। विपक्षीले उच्च अदालतमा निषेधाज्ञा गराउन नसकेको र आफूले सार्वजनिक गरेको कार्यतालिका अनुसार एकल उम्मेदवार सर्राफ भएपछि निर्विरोध घोषणा गरेको निर्वाचन अधिकृत सिंहले बताए। शिवकुमारको समूहमा उपाध्यक्ष प्रवेशकुमार सर्राफ, वसन्तकुमार साह, सचिव विनोदकुमार भण्डारी, सहसचिव अमित गुप्ता, कोषाध्यक्ष कमलेश साह र सहकोषाध्यक्षमा भगवान साहलगायत सदस्यहरु रहेका छन्।

पत्रकार महासंघ पर्साको सभाहलमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष दावी गरेका रामजी साहको पदाधिकारीहरुलाई प्रमाण पत्रसहित ७० जना सदस्य रहेको निर्वाचनमा ४८ जना आफुहरुको पक्षमा समर्थन रहेको दावी गरेका छन्। तदर्थ समितिका पदाधिकारी र पूर्व अध्यक्ष शिवकुमार साहले अल्पमतमा परेका कारण महासंघको केन्द्रीय समितिले असोज १२ गते छुट्टाछुट्टै प्रदेश को राजधानी अर्थात जनकपुरमा अधिवेशन गर्न निर्देशन दिए तापनि गुपचुप रुपमा वीरगंजमा अधिवेशन गरी प्रदेश कमिटिमा एकलौटी गर्न खोजेको आरोप लगाए।

दुई वटा समितिको नामावली केन्द्रीय महासंघको बैठकमा प्रस्तुत गर्ने र छलफलबाट समस्या समाधान तर्फ पहल गर्ने अधिवेशनको लागि आमन्त्रित केन्द्रीय सदस्य भरत अग्रवालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए। विधान विपरित गठन भएको समिति खारेज हुने वा मिलेर जाने विषयमा पनि संवाद भइरहेको उनले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell