PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

मन्त्रिपरिषद् पुनर्गठन अझै केही दिन लाग्ने, कहाँ अड्कियो हलो?



कुञ्जरमणि भट्टराई

मन्त्रिपरिषद् पुनर्गठन अझै केही दिन लाग्ने, कहाँ अड्कियो हलो?

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केन्द्रित रहेर छलफल गरे।

प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डबीचको आजको छलफल पनि निष्कर्षविहीन बनेको छ।

नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार  मन्त्रिमण्डल पुनर्गठनमा केन्द्रित रहेर छलफल भएपनि निष्कर्ष निस्कन भने  सकेको छैन। त्यसका लागि अझै केही दिन लाग्न सक्ने उनले बताए।

‘अध्यक्षद्वयबीच आज पनि हार्द्धिकता साथ छलफल भयो। छलफल मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिका विषयमा केन्द्रित रहेको उहाँहरुले जानकारी दिनुभएको छ। तर,टुंगोमा पुगिसक्नुभएको छैन्। मन्त्रीमण्डल पुनर्गठनका लागि अझै केही दिन लाग्न सक्ने देखिन्छ, नेम्वाङले भने।

दुई अध्यक्षबीच बुधबार पनि छलफल हुने नेम्वाङले बताए। अध्यक्षद्वयबीच शुक्रबार,आइतबार, सोमबार र मंगलबार निरन्तर दुई-तीन घण्टा सम्वाद भएको छ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई अध्यक्ष आ-आफ्नै अडानमा छन्। अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकको समझदारी अनुसार अघि बढ्ने प्रस्ताव ओलीसँग राखेका छन्। तर, प्रधानमन्त्री ओली भने केही मन्त्रीहरुमात्रै फेर्ने पक्षमा रहेको स्रोतको दाबी छ।

तर, प्रचण्ड प्राय: जसो मन्त्री फेर्नुपर्ने पक्षमा उभिएका छन्। उनको अडानलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले पनि साथ दिएका छन्। असोज ४ गते बसेको सचिवालय बैठकमा खनाल र नेपालले प्रधानमन्त्रीबाहेक सबै मन्त्री फेर्दा उपयुक्त हुने बताएका थिए।

‘अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकको स्पिरिट अनुसार अघि बढौँ भन्ने कुरामा जोड दिनुभएको छ। तर, अध्यक्ष तथा प्रधानमन्त्री ओली २-३ जनामात्र मन्त्री फेर्ने पक्षमा देखिनुभएको छ। निरन्तर छलफल भएपनि अहिले कुरा त्यसैमा अड्किएको छ, स्रोतको दाबी छ।

भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले अनुसार  सचिवालय सदस्यको सुझाव र अध्यक्षद्वयको परामर्शमा आवश्यकता अनुरुप मन्त्रिपरिषद् पुनर्गठन गर्ने म्याण्डेट दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell