PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बेयरस्टोको अर्धशतकमा दिल्लीलाई हैदराबादको १ सय ६३ रनको लक्ष्य



पहिलोपोस्ट

बेयरस्टोको अर्धशतकमा दिल्लीलाई हैदराबादको १ सय ६३ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको हो।

हैदराबादका लागि जोन्नी बेयरस्टोले सर्वाधिक ५३ रन बनाउँदा त्यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोडे। त्यस्तै केन विलिमसनले ४१ रन बनाउँदा अब्दुल समद १३ रनमा अभिजित रहे।

उता कसिलो ब्याटिङ गरेको दिल्लीका लागि अमित मिश्रा र कागिसो रबाडाले समान २ विकेट लिए।

दिल्ली केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell