PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

जीपले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु



रासस

जीपले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

झापा : शिवसताक्षी नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलवार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बी एन्ड सी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ। शव अहिले अस्पतालमै राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell