PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

हैदराबादसँग हार्‍यो दिल्ली: जारी सिजन दिल्लीको पहिलो हार, हैदराबादको पहिलो जित



पहिलोपोस्ट

हैदराबादसँग हार्‍यो दिल्ली: जारी सिजन दिल्लीको पहिलो हार, हैदराबादको पहिलो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले १५ रनको जित निकाल्दै जारी सिजन पहिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।

हैदराबादका लागि जोन्नी बेयरस्टोले सर्वाधिक ५३ रन बनाउँदा त्यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोडे। त्यस्तै केन विलिमसनले ४१ रन बनाउँदा अब्दुल समद १३ रनमा अभिजित रहे।

उता कसिलो ब्याटिङ गरेको दिल्लीका लागि अमित मिश्रा र कागिसो रबाडाले समान २ विकेट लिए।

औशत लक्ष्य पछ्याएको दिल्लीको ब्याटिङ खास जम्न सकेन। ओपन पृथ्बी श २ रन बनाउँदै पभेलियन फर्कँदा शिखर धवनले सर्वाधिक ३४ रन बनाए। त्यस्तै ऋषभ पन्तले ३२ र शिमोन हेटमायरले २१ रन जोडे।

दिल्लीलाई लक्ष्य सम्म पुग्न नदिन राशिद खानले तीन विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट तथा खालिल अहमेद र टी नटराजनले १/१ विकेट लिए।

जारी सिजन यो दिल्लीको पहिलो हार हो भने हैदराबादको पहिलो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell