PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कारबाओ कपमा चेल्सी टोटेनहमसँग पराजित



पहिलोपोस्ट

कारबाओ कपमा चेल्सी टोटेनहमसँग पराजित

कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा चेल्सी टोटेनहम हट्सपरसँग पराजित भएको छ। निर्धारित समयसम्म खेल १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।

खेलमा अग्रता भने चेल्सीले बनाएको थियो। खेलको १९ औं मिनेटमा टिमो वार्नरले गोल गर्दा पहिलो हाफमा चेल्सी अगाडि रह्यो।

दोस्रो हाफमा टोटेनहमले खेल बराबरीमा ल्यायो। खेलको ८३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दा खेलको निर्णयका लागि पेनाल्टीमा जान पर्‍यो। पेनाल्टीमा टोटेनहमले ५-४ ले जित निकाल्यो। चेल्सीका म्यासन माउन्ट पेनाल्टीमा गोल गर्न चुकेका थिए।

जितसँगै टोटेनहम कारबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell