PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

असोज १९ बाट तातोपानी नाका खुल्ने, दिनमा १६ कन्टेनरको कोटा



पहिलोपोस्ट

असोज १९ बाट तातोपानी नाका खुल्ने, दिनमा १६ कन्टेनरको कोटा
फाइल फोटो।

काठमाडौं : पहिरोले बन्द भएको तातोपानी नाका साढे तीन महिना पछि संचालनमा आउने भएको छ। सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र चिनियाँ अधिकारीको टोलीबीच भएको छलफलमा नाका खोल्ने सहमति भएको हो।

स्वास्थ्य मापदण्ड पूरा गरेर असोज १९ गतेबाट नाका संचालन गर्ने सहमति भएको तातोपानी भन्सार कार्यालयका प्रमुख अधिकृत लालबहादुर खत्रीले बताए। खासातर्फ सामान लोडअनलोड गर्न जाने चालक र सहचालकको संख्या पनि बढाउन चीन सहमत भएको छ। खासातर्फ २९ जना जान दिन चिनियाँ पक्ष सहमत भएको छ।

तातोपानी नाकाबाट दैनिक १६ वटा कन्टेनर आउने व्यवस्था गरिएको छ। चिनियाँ पक्षले सामान बढ्दै गएमा कन्टेनरको संख्या बढाउने सहमति समेत गरेका छन्। खत्रीका अनुसार केरुङमा रोकिएका सामान रिरुट भएर तातोपानीबाट आउने सम्भावना समेत छ। विगत ८ महिनादेखि केरुङमा हजार कन्टेनर सामान रोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell