PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

विराटनगरमा उपचाररत कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु



फूलमाया पुरी

विराटनगरमा उपचाररत कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु

विराटनगर: विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा एक कोभिड १९ सङ्क्रमितको मृत्यु भएको छ।

मोरङको जहदा गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले जानकारी दिए।

डाक्टर सिग्देलका अनुसार उनी गत भदौ ४ गते अस्पताल भर्ना भएका थिए। उच्च रक्तचाप र मधुमेहका दीर्घ रोग थियो। सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि विराटनगर महानगरपालिकाले कोभिड उपचार केन्द्र पठाएको सिग्देलले बताए।

८ दिनदेखि ती व्यक्तिलाई भेन्टिलेटर उपचार गरिरहेको अवस्थामा आज बिहान ४ बजे मृत्यु भएको हो। ‘आठ दिनदेखि भेन्टिलेटरमा राखी ६ दिनदेखि एन्टि भाइरल ड्रग पनि चलाइएको थियो, तर पनि बचाउन सकिएन,’ डाक्टर सिग्देलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell