PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

१० वर्षीय बालिका सहित चितवनमा १२ जनामा कोभिड १९



पहिलोपोस्ट

१० वर्षीय बालिका सहित चितवनमा १२ जनामा कोभिड १९

चितवनः चितवनमा थप  १२ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा १२ जनामा पोजेटीभ देखिएको हो। १सय ६३ वटा नमुना परीक्षण गर्दा १२ जनामा पोजेटीभ र बाँकी १ सय ५१ जनामा नेगेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमतिमध्ये ६ जना भरतपुर महानगरपालिकाका, राप्ती नगरपालिकाका १, खैरहनी ४ र कालिका नगरपालिका १ जना रहेका छन्। एक १० वर्षीया बालिका समेत संक्रमित भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell