PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मोटाएको आईपीएल : न्यु नर्मल क्रिकेटमा मैदानमा मोटा खेलाडी



पहिलोपोस्ट

मोटाएको आईपीएल : न्यु नर्मल क्रिकेटमा मैदानमा मोटा खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) हेर्दै हुनुहुन्छ? रित्ता रंगशाला, दर्शकका फेक आवाज, एकपछि अर्का आक्रमक ब्याटिङ, सेलिब्रेसनको फरक माहोलजस्ता कुराहरु यस सिजनको आईपीएलका परिदृश्य हुन्। यसबाहेक अर्को फरक विषय हो, खेलाडीको फिटनेस। केही राम्रो फर्ममा भएकै खेलाडीहरु दौडनै आपत पर्ने गरी मोटाएको पनि देखिन्छ यस सिजनमा।

आईपीएलको उद्घाटन खेलको दिन भारतीय हक्की टिमका पूर्व क्याप्टेनसमेत रहेका खेलाडी विरेन रसक्विन्हाले ट्वीट गरे : मैले कहिल्यै गल्ली क्रिकेट भन्दा धेरै खेलेको छैन। तर, म आईपीएल खेलिरहेका खेलाडीहरुको फिटनेस देखेर अचम्मित भइरहेको छु।

उनले आफू अरु खेलमा यसरी खेलाडी अनफिट रहेर खेलेको कल्पना गर्न नसक्ने समेत बताए। रसक्विन्हामात्र होइन आईपीएल हेरिरहेका धेरैले 'नोटिस' गरिरहेको विषय हो यो। अझ टिभी कमेन्टेटर हर्ष भोग्ले र अस्ट्रेलियाकी महिला क्रिकेटर लिजा स्थलेकरले पनि खेलाडीको फिटनेसलाई लिएर ब्यङ्ग्य गरेका छन्। भोग्लेले 'हेल्दी वेस्टलाईन' भन्दै ब्यंग्य गरेका छन् भने स्थलेकर चकलेटसँग सावधान हुन भन्दै ब्यंग्य गरेकी छिन्।

हुन त कोरोना महामारी र लकडाउनको कारण लामो समयसम्म खेलाडी घरमै बस्दा फिटनेसको समस्या आउनु नौलो कुरा त होइन। यद्यपि बिराट कोहलीलगायतका खेलाडीहरुले भने एक हदसम्म फिटनेस कायम राखेको देखिन्छ।

'फिटनेस, डाइट र ट्रेनिङका लागि कडा मेहेनत गरिरहेको छु। किनभने मेरोखेल धेरै हदसम्म 'पावर हिटिङ' मा निर्भर रहन्छ।' पञ्जाबसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेर म्यान अफदी म्याच भएका सञ्जु सामसनले भने। उनले फिटनेस कायम राख्नकै लागि पाँच महिना यता कडा मेहेनत गरिरहेको बताएका थिए।

जारी आईपीएलमा मोटाएका खेलाडीहरु धेरै देखिन्छन्। त्यसमा पनि मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा, मुम्बइकै सौरभ तिवारी, चेन्नइ सुपरकिंग्सका पियुस चावला, किंग्स ११ पञ्जाबका सिमन हेटमायरलगायतका खेलाडीहरुलाई लकडाउनको राम्रै असर परेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell