PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

अपहरणको अभियोगमा मलेसियमा बसेर रेष्टुरेष्ट संचालन गर्ने डेविड समातिए



पहिलोपोस्ट

अपहरणको अभियोगमा मलेसियमा बसेर रेष्टुरेष्ट संचालन गर्ने डेविड समातिए

काठमाडौं : प्रहरीले अपहरण गरेको अभियोगमा डेविट भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलवार साँझ उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। मलेसियमा बसेर गुन्डागर्दी गरेको तथा अपहरणको उजुरी परेपछि नेपाल आएको समयमा उनलाई नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले बताए।

'पीडित परिवारले उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' डीआइजी थापाले भने। डेविडले १५ लाख रुपैयाँ फिरौती मागेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका श्रेष्ठ मलेसियमा रेष्टुरेष्ट तथा डान्सबार संचालन गर्दै आएका छन्। उनले काठमाडौंको दरबारमार्गमा समेत रेष्टुरेष्ट संचालन गर्ने तयारी गरिरहेका थिए।

उनी धेरै जसो मलेसियमा नै बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell