PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ट्राफिक प्रहरीको चेकिङ आज झन् कडा हुँदा देखियो यस्तो दृष्य

ट्राफिक प्रहरीको चेकिङ आज झन् कडा हुँदा देखियो यस्तो दृष्य

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : जोर बिजोर पालन नगरेको भन्दै हिजोदेखि चेकिङको रफ्तार बढाएको ट्राफिक प्रहरीले आज पनि त्यसलाई निरन्तरता दिएको छ। आज काठमाडौंका सडकमा चेकिङ झन् कडा देखिएको हो। 

प्रहरीले हिजो एकाएक चेकिङ बढाएपछि काठमाडौंका धेरै ठाउँमा ट्राफिक जाम हुन पुगेको थियो। आज भने हिजोभन्दा धेरै व्यवस्थित हिसाबले प्रहरीले चेकिङको व्यवस्था गरेको देखिएको छ।

हिजो प्रहरीको कारवाहीमा २ हजार १७ सवारी साधन परेका थिए। तिनलाई प्रहरीले दिनभरि होल्ड गरेको थियो। आज भने बिहान ८ बजेसम्म २ सय ६६ वटा सवारीसाधन होल्डमा परेका छन्। चेकिङ थप कडा पारिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell