PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

हुम्ला सीमा विवाद : लिमीको चार हजार मिटर उचाईमा सशस्त्रको बीओपी स्थापना हुँदै



पहिलोपोस्ट

हुम्ला सीमा विवाद : लिमीको चार हजार मिटर उचाईमा सशस्त्रको बीओपी स्थापना हुँदै
लिमीको लाप्चामा रहेको १२ नम्बर पिल्लरमा केही समयअघि पुगेको सशस्त्र प्रहरी टोली ।

सिमकोट: नेपाल चीनबीच सीमा विवाद देखिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ को लिमीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ।

नाम्खा–६ मा पर्ने लिमी लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल उपरीक्षक डीएसपी मोहन विष्टले जानकारी दिए।

हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो।

हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ। हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ। हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ। समुद्री सहतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ।

यो नाकाबाट विशेषगरी जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरीले जनाएको छ। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell