PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कोलकताले राजस्थानलाई दियो १ सय ७५ रनको लक्ष्य



पहिलोपोस्ट

कोलकताले राजस्थानलाई दियो १ सय ७५ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १७५ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताका शुभमन गिल र इयोन मोर्गन चम्किँदा कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायो।

कोलकताका लागि शुभमन गिलले सर्वाधिक ४७ रन जोड्दा इयोन मोर्गनले अभिजित ३४ रन, आन्द्रे रसेलले २४ तथा नितिश रानाले २२ रन जोडे।

उता राजस्थानका लागि जोफ्रा आर्चरले किफायती बलिङ गर्दै २ विकेट लिए। त्यस्तै अङ्कित राजपुत, जयदेव उनदकट, टम करण राहुल तेवातियाले समान १/१ विकेट लिए।

राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell