A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a807d67673590.64476493): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a807d67673590.64476493,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a807d69181795.91822369): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a807d69181795.91822369,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

टोलमै पुगेर पठनपाठन, सडक पेटी बन्यो कक्षाकोठाः विद्यार्थी भन्छन्, ‘स्कुलमै पढ्न पाए हुन्थ्यो’
PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

टोलमै पुगेर पठनपाठन, सडक पेटी बन्यो कक्षाकोठाः विद्यार्थी भन्छन्, ‘स्कुलमै पढ्न पाए हुन्थ्यो’



फूलमाया पुरी

टोलमै पुगेर पठनपाठन, सडक पेटी बन्यो कक्षाकोठाः विद्यार्थी भन्छन्, ‘स्कुलमै पढ्न पाए हुन्थ्यो’

विराटनगर : विराटनगर महानगरपालिका १ स्थित विजयपुर टोलमा बिहानै एउटा स्कुल बस रोकियो। बस थियो विराटनगर महानगरपालिका ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयको।

विद्यालयले पछिल्ला दिनमा भर्चुअल कक्षाको पहुँचबाहिर रहेका विद्यार्थीलाई टोलमै गएर पढाउन सुरु गरेको छ। त्यसै सिलसिलामा शिक्षक लिएर बस त्यहाँ पुगेको थियो।

सडकको एक छेउमा बस, बसभन्दा केही पर सडक पेटीमा बालबालिका। आफ्ना किताब कापीसँग सबै व्यस्त छन्। घरमै लगाउने पोसाकमा आएका थिए सबै।

चार कुनामा सीमित कक्षाकोठाभन्दा खुला आकाशमुनि निकै रमाइलो मान्दै पढ्दै थिए विद्यार्थी।

शिक्षकहरूले कक्षा अनुसारका विद्यार्थी मिलाएर राखेका थिए। सकेसम्म भौतिक दूरी कायम गरेर। कोही रुखको छहारीमा पनि पुस्तक फिँजाएर छलफल गरिरहेका देखिन्थे त कोही सडकमै।

कालोपत्रे गरिएको र फराकिलो सडक भएकाले हिलो थिएन, कम गाडी चलेकाले धुलो पनि निकै कम। त्यही सडक पेटीमा बसेर आफ्ना कापीका पाना भर्दै थिइन् कक्षा ३ मा पढ्ने राजकुमारी मण्डल। घरबाट करिब २० मिनेटको दूरीमा रहेको स्कुल ७ महिनादेखि जान पाएकी छैनन् राजकुमारीले। कारण कोरोना महामारी। सात महिनापछि पहिलोपटक आफ्ना विद्यालयका शिक्षकहरूसँग प्रत्यक्ष भेटेर पढिरहेकी थिइन् उनी।

सडकमै बसेर आफ्नो कापीमा चित्र कोर्दै उनले हाँस्दै भनिन् ‘घरमा बसेको धेरै भयो। यसरी पढ्दा नि रमाइलो लागिरहेको छ।’

सडकमै करिब एकसय विद्यार्थीलाई पढाउने सुविधा दियो विद्यालयले। जसमध्ये अधिकांशले मास्क लगाएका थिए। तर राजकुमारी र उनका केही साथी भने मास्कविहीन थिए।

सडकमै आएर प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थी पढ्दै गरेको बताउँछिन् शिक्षिका रीता पाठक दाहाल।
विद्यार्थी एकातिर पढ्दै थिए अर्कातिर भने केहीका अभिभावक टाढैबाट आफ्ना छोराछोरीको पढाइ नियालिरहेका थिए।

++

गत वर्षको चैतबाट सुरु भएको लकडाउनसँगै कोरोना संक्रमणका कारण विद्यालय ठप्प थिए। पछिल्ला केही दिनहरूमा संक्रमण कम भएका स्थानहरूमा केही विद्यालय सञ्चालनमा आएका छन्। तर समुदायमा नै कोरोना संक्रमण फैलिसकेको विराटनगर महानगरपालिका अझै संक्रमणको उच्च जोखिममा छ। त्यसैले पनि विद्यालयमै विद्यार्थी उपस्थित गराएर पठनपाठन गर्न सक्ने अवस्था छैन।

नेपाल सरकार शिक्षा मन्त्रालयले शिक्षण सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरिसकेको छ। सोही अनुसार सबै विद्यालयहरूमा नयाँ भर्ना र विद्यार्थी अभिलेखीकरण समेत सुरु भएको छ।

अभिलेखीकरणका क्रममा भर्चुअल कक्षाको पहुँचबाहिर रहेका विद्यार्थीलाई लक्षित गर्दै टोल टोलमा पुगेका हुन् पोखरीया माविका शिक्षक शिक्षिका। केही समयअघि विद्यालयले विद्यार्थीहरूलाई पुस्तक त दिएको थियो। तर विद्यार्थीले पढ्न पाएका थिएनन्।

शिक्षक गोविन्द अधिकारी भन्छन्, ‘हामी अनलाइन कक्षा पनि लिइरहेका छौँ। तर यी विद्यार्थीहरूसँग भर्चुअल कक्षासम्म पहुँच छैन। वैकल्पिक शिक्षाबाट टाढै छन्।’

अनलाइनको पहुँचमा नभएका विद्यार्थीहरूको पहिचान गरी यसरी टोल टोलमा शिक्षक आफैँ पुगेर पढाउने अभियान सुरु गरिएको उनको भनाइ छ।

सबै विषयका शिक्षकहरूको तीन समूह बनाएको छ पोखरीया माविले। त्यसमध्येका एक टिममा छन् उनी।
यसरी टोलमा शिक्षक पुग्दा लामो समयदेखि घरमै थुनिएका विद्यार्थी खुसीसाथ बाहिर निस्किएको र पढाइतर्फ लागेको उनी बताउँछन्।

त्यसो त यो अभियानमा अभिभावक पनि खुसी भएको उनको दाबी छ।

++

गत वर्षको चैतमा एकैदिन दुई वटासम्म विषयको परीक्षा दिएका उनीहरू त्यसपछि कोरोना महामारीका कारण घरमै थुनिएका थिए। सात महिनापछि फेरि आफ्नै विद्यालयका शिक्षक शिक्षिकासँग पढ्न पाएका विद्यार्थीहरू खुसी देखिए।
कक्षा ८ मा अध्ययनरत तुलसा यादव भन्छिन्, ‘दुई दिनदेखि यसरी बाहिर पढिरहेका छौँ। तर यसरीभन्दा विद्यालयमै गएर पढ्न आतुर छु’ उनले भनिन्, ‘म अनलाइन कक्षामा सहभागी हुन सक्दिनँ। शिक्षक सधैँ टोलमा नआउलान् कि भन्ने चिन्ता छ।’

सरकारले महामारीको समयमा सिकाइ सहजीकरण गर्न अनलाइनलाई एउटा वैकल्पिक माध्यम भनेको छ। तर यादव भन्छिन्, ‘अनलाइन पढाइ हुन्छ भन्ने सुनेको हो तर, हामीसँग त मोबाइल पनि छैन। त्यसैले स्कुलमै गएर पढ्न पाए हुने थियो।’

शिक्षिका रीता पाठक दाहाल कोरोना संक्रमण फैलिरहेको समयमा शिक्षक यसरी टोल टोलमा गएर पढाउन निकै चुनौती भएको बताउँछिन्। तर विद्यार्थीको सिकाइमा निरन्तरता दिनुको विकल्प नभएको उनको मत छ।

‘सजिलो छैन नि। हामीले नपढाए सरकारी तलब खाएर बसे भन्छन्। पढाउन गए कोरोना सारे भन्छन्', उनले भनिन्।

तर, आरोप प्रत्यारोपबीच विद्यार्थीको भावनालाई बुझेर पढाउँदा भने चुनौतीको सामना गर्दै सन्तुष्टि मिलेको उनको मत छ।  

स्कुलले सुरु गरेको यो अभियानलाई धेरैले प्रशंसा गरेका छन्। त्यसैले इमेल इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरूलाई टोल टोलमा गएर सामूहिक पढाउने र अभिभावकसँग पनि विद्यार्थीको विवरण बुझ्ने काम अझै भइरहेको बताउँछन् विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई।

असोज १५ गतेसम्म सम्पूर्ण विद्यार्थीको अभिलेखीकरण गरिसक्ने उनले दाबी छ।

‘अहिले अनलाइनको पहुँचमा भएकाहरूलाई पढाइरहेका छौँ। नभएकाहरूको घरघर गएर पढाउनुका साथै थप विवरण बुझ्ने काम भइरहेको छ’ उनले भने।

हालसम्म कक्षा ५ देखि कक्षा १२ सम्मका केही विद्यार्थी अनलाइन पहुँचमा रहेको र अन्य पहुँचबाहिर भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell