PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

तेजाब आक्रमणविरुद्धको अध्यादेशलाई विभिन्न संघ-संस्थाले गरे स्वागत



रासस

तेजाब आक्रमणविरुद्धको अध्यादेशलाई विभिन्न संघ-संस्थाले गरे स्वागत

काठमाडौं : एम्नेस्टी इन्टरनेसनल नेपाल र जुरी नेपाललगायतका संघ-संस्थाले तेजाब हिंसासम्बन्धी अध्यादेशको स्वागत गरेका छन्। असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड हिंसासम्बन्धी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएका दुई अध्यादेशलाई प्रमाणीकरण गरी कानुनको रूपमा जारी गरेकी थिइन्।

‘लामो समयदेखि एसिड हिंसाको अन्त्यका लागि अवाज उठाउँदै आएका हामी गैरसरकारी संस्थाहरू सरकारको यस कदमलाई स्वागत गर्दछौं र यसलाई हामीले एसिड हिंसालाई सम्बोधन गर्न कानुनमा परिवर्तनको माग गर्दै आएका पीडितलगायतको आवाजलाई सरकारले सम्बोधन गरेको रूपमा लिएका छौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

सो कानुनले एसिडजन्य अपराधका पीडकलाई कडा सजायको व्यवस्था गरेको र एसिडलगायत अन्य घातक पदार्थहरूको बिक्रीवितरणलाई नियमन गर्नका लागि केही प्रावधानहरूको व्यवस्था गरेको छ। यही सोमवारबाट कार्यान्वयनमा आएको अध्यादेशले एसिडजन्य अपराधको पीडकलाई अधिकतम सजाय ८ वर्ष बाट बढाएर २० वर्षसम्म र १० लाखसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।

अध्यादेशले प्रमाण ऐन, २०३१ लाई समेत संशोधन गरी अदालतले लिन सक्ने प्रमाणको दायरालाई पनि फराकिलो पारेको छ। साथै नयाँ अध्यादेशले एसिड र अन्य घातक पदार्थ बिक्री गर्ने पसलहरूले अनुमतिपत्र लिनुपर्ने र १८ वर्ष माथिको व्यक्तिलाई मात्रै बेच्न पाउने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell