PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एक सातादेखि सडकमा अलपत्र महिलाको प्रदेश १ सरकारले गर्‍यो उद्धार



पहिलोपोस्ट

एक सातादेखि सडकमा अलपत्र महिलाको प्रदेश १ सरकारले गर्‍यो उद्धार

विराटनगरः प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक महिलाको उद्धार गरेको छ। मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले उद्धार गरेको हो।

स्थायी ठेगाना बताउन नसक्ने ती महिला करिब एक सातादेखि सडकमा बसेको स्थानीय युवाहरुले मन्त्रालयलाई जानकारी गराएका थिए। सूचनाका आधारमा पुगेको उद्धार टोलीले महिलाको उद्दार गरेको मन्त्रालयले जनाएको छ।

उद्धार गरिएकी महिलालाई प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको प्रक्रिया अघि बढाएर आइसोलेसनमा राखिएको छ। परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell