PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि गरियो दाहसंस्कार



रासस

बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि गरियो दाहसंस्कार

बझाङ : बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधवार आठ दिनपछि दाहसंस्कार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन्। शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए।

मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell