गएराति भएको फाइनल खेलमा बोरुसिया डर्टमण्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। एलिनाज एरेनामा भएको खेलमा बायर्नले ३-२ ले डर्टमण्डलाई हराउँदै सुपरकपको उपाधि जितेको हो।
बायर्नको जितमा कोरेन्टिन टोलिस्सो, थोमस मुलर र जोसुवा किममिचले गोल गरे। उता डर्टमण्डका लागि जुलियन ब्राण्ड्ट र अर्लिङ ब्रउट हल्याण्डले गोल गरे।
खेलको १८ औं मिनेटमै टोलिस्सोको गोलमा बायर्नले खेलमा अग्रता बनाएको थियो। ३२ औं औं मिनेटमा मुलरले बायर्नको बायर्नको अग्रता दोब्बर गरे। उता डर्टमण्डका लागि ३९ औं मिनेटमा ब्राण्ड्टले गोल गर्दा पहिलो हाफमा खेल बराबरीमा टुङ्गियो।
दोस्रो हाफमा डर्टमण्डका हल्याण्डले खेल बराबरीमा ल्याए। उनले खेलको ५५ औं मिनेटमा थोमस डेलनीको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर ८२ औं मिनेटमा किममिचले गोल फर्काए, जुन बायर्नको जितका लागि निर्णायक सावित भयो। र, बायर्नले खेल ३-२ ले आफ्नो पक्षमा पार्यो।
