PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ला लिगा: रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

ला लिगा: रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोलीले भल्लाडोलिडमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

मड्रिडको जितमा भिन्चियस जुनियरले निर्णायक गोल गरे। उनले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे।

गएराति नै भएका अरु खेलहरुमा एटलेटिको मड्रिड हुएस्कासँग गोलरहित बराबरीमा रोकिँदा इल्चेले इबरलाई १-० ले हरायो। त्यस्तै भिल्लारियलले अलाभेसमाथि ३-१ गोलअन्तरले जित निकाल्यो।

लिगको शीर्ष चारमा ७ अंकसहित क्रमश गेटाफे, भ्यालेन्सिया, रियल मड्रिड र भिल्ला रियल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell