PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित



पहिलोपोस्ट

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित

इङ्ग्लिस फुटबल लिग (इएफएल) अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि सानदार जित निकालेको छ। फाल्मर स्टेडियममा भएको खेलमा युनाइटेडले घरेलु टोलीलाई ३-० को फराकिलो अन्तरले हराएको हो।

युनाइटेडको जितमा स्कट म्याकटोमिने, जुअन माटा र पउल पोग्बाले गोल गरे। युनाइटेडले ४ दिनको अन्तरमा ब्राइटनलाई दोस्रो पटक हराएको हो।

खेलको ४४ औं मिनेटमा टोमिनेले गोल गर्दा पहिलो हाफमा युनाइटेड १ गोलले अघि रह्यो। दोस्रो हाफमा माटाले गोल गर्दा युनाइटेडले अग्रता दोब्बर बनायो। त्यस्तै ८० औं मिनेटमा पोग्बाको गोलसँगै युनाइटेडले सहज जित सुनिश्चित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell