PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दुई सातापछि भारतमा फिल्म हल, मल्टिप्लेक्स र थिएटर पनि खोलिँदै



पहिलोपोस्ट

दुई सातापछि भारतमा फिल्म हल, मल्टिप्लेक्स र थिएटर पनि खोलिँदै

नयाँ दिल्ली : कोभिड १९ का कारण जारी निषेधहरुलाई थप सहज बनाउँदै भारतमा अनलक-५ निर्देशिका जारी भएको छ। नयाँ निर्देशिकाले अबको दुई सातापछि ५० प्रतिशत सिट खाली राखेर सिनेमा हल संचालन गर्न दिने भएको छ। राज्य सरकारलाई स्कुल खुला गराउनेबारे पनि प्रकृया अगाडि बढाउन निर्देशिकाले बाटो खुला गराएको छ। यद्यपि, विद्यार्थीहरुलाई मिलेसम्म अनलाइन कक्षाका लागि ने प्रेरित गर्ने जनाइएको छ। बुधवार जारी भएको निर्देशिका अनुसार विद्यालयहरु कसरी संचालनमा ल्याउन सकिने छ त्यसबारे अध्ययन गर्न भनिएको छ।

हवाई सेवा यथावत नै अवस्थामा छ। साथै स्थानीय स्तरमा हुने लकडाउन सबैतिर लागू हुने छैन। यसको अर्थ हो प्रभावित क्षेत्रमा कडा लकडाउन र अन्य क्षेत्र खुला।

सिनेमा, थिएटर र मल्टिप्लेक्सहरु ५० प्रतिशत अक्कुपेन्सीमा संचालन गर्न पाउने भएका छन्। अक्टोबर १५ देखि यस्तो व्यवस्था हुने भनिएको छ। मनोरञ्जनका अन्य क्षेत्र, प्रदर्शनीहरु पनि तोकिएको नियम पालन गरेर संचालन गर्न पाउने भनिएको छ।

महत्वपूर्ण सामाजिक, प्राज्ञिक, खेल, मनोरञ्जन, सास्कृतिक, धार्मिक र राजनीतिक गतिविधिहरु पनि संचालन गर्न सकिने बताइएको छ। तर, यस्ता आयोजनामा २ सय मानिसको सीमा तोकिएको छ जुन 'क्लोज स्पेस'मा गर्न सकिने छ। साथै, यस्ता कार्यक्रम गर्ने हलको क्षमता भने मानिसको संख्याभन्दा दोब्बर क्षमताको हुनुपर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell