PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आजबाट उपत्यकाभित्र सहुलियत पसल, बजार भाउभन्दा किलोमा २० रुपैयाँसम्म सस्तो



पहिलोपोस्ट

आजबाट उपत्यकाभित्र सहुलियत पसल, बजार भाउभन्दा किलोमा २० रुपैयाँसम्म सस्तो

काठमाडौः आजबाट सरकारले दसैंतिहार र छठमा सहुलियत पसल संचालनमा आउने भएको छ। यसरी संचालदनमा आएका पसलले अत्यावश्यक खाद्य वस्तु बजार भाउ भन्दा २० रुपैयाँसम्म सस्तोमा बिक्री गर्ने भएको छ।

उपत्यकाभित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुगंल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी र जावलाखेलमा सहुलियत पसल संचालन हुनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसलसहित देशभरका ४९ स्थानबाट यो छुटमा खाद्यान्न बिक्री गरिनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षेनी काठमाडौं उपत्यकामा सहुलियत पसल संचालन गर्दै आएको छ। सहुलियत पसल संचालनका लागि मन्त्रालयले खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई अनुदान दिने गर्छ।

यस्ता पसलबाट चिनी प्रति किलो ७० रुपैयाँमा किन्न पाइनेछ। अहिले बजारमा निजी क्षेत्रले चिनी किलोको ९० रुपैयाँमा बिक्री भइरहेको छ। त्यो सहुलियत पसलबाट प्रति परिवार चार किलो चिनी किन्न पाइनेछ। ती पसलमा नुन किलोको १८ रुपैयाँमा बिक्री हुनेछ। बजारमा नुन किलोको २२ रुपैयाँमा बिक्री भइरहेको छ।

घिउ प्रति लिटर ८ सय ७० रुपैयाँमा बिक्री हुनेछ। सहुलियत पसलमा दाल, चामल, फापर, केराउ किलोमा पाँच रुपैयाँ छुट गरेर बिक्री हुनेछ। खाद्यले बिक्री गर्ने सिमी किलोमै १० रुपैयाँ छुट दिने निर्णय भएको छ। खाद्यले बिक्री गर्ने खसी र च्याङग्रा समेत किलोमा १० रुपैयाँ छुट दिने निर्णय भएको छ। खाद्यले तीन हजार खसी र च्याङग्रा ल्याएर बिक्री गर्दैछ। निजी व्यवसायीले बिक्री गर्ने भन्दा खसी र च्याङग्रा सस्तो हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell