PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कोरोना भाइरसको ‘उच्च जोखिम’मा बेलायत : बोरिस जोनसन



पहिलोपोस्ट

कोरोना भाइरसको ‘उच्च जोखिम’मा बेलायत : बोरिस जोनसन

बेलायताका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएका नयाँ प्रावधानहरूले काम गर्न समय लाग्ने बताएका छन्। उनले बेलायत हाल संक्रमणको उच्च जोखिममा रहेको र संक्रमितको मृत्यु दर बढ्दै जाँदा फरकफरक योजनाहरू आवश्यक रहेको बताए।

जोनसनका प्रमुख विज्ञ सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले पनि कोरोना संक्रमणलाई तत्काल नियन्त्रणमा लिन नसकिने बताएका छन्। ‘हाल चित्त बुझाउनका लागि कुनै ठाउँ छैनन्’, उनले भने।

बेलायतमा पछिल्लो २४ घण्टामा मात्र ७ हजार १ सय ८ जनामा भाइरस संक्रमण पुष्टि भयो। त्यस्तै संक्रमणकै कारण मर्नेको संख्या ७१ रहेको छ।

संक्रमण फैलन नरोकिए पछि गत सातादेखि मोरिसले रातको १ बजे पछाडि पब, बार, रेस्टुरेन्टहरू बन्द गर्ने निर्देशन दिएका थिए। त्यस्तै विवाह समारोहमा पनि १५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागू भएको थियो।

बेलायत सरकारले अक्टोबरको अन्त्य सम्ममा दैनिक पाँच लाख मानिसमा संक्रमण परीक्षणको तयारी गरेको बीबीसीमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell