भारत केन्द्र सरकारले लकडाउन यता ठप्प रहेका सिनेमाघरहरू पुन: सञ्चालनमा ल्याउने अनुमति दिएको छ। त्यहाँको गृह मन्त्रालयले पाँचौ चरणमा जारी भएको निर्देशिकामा सिनेमा क्षेत्रलाई राहत दिने निर्णय भएको हो। अक्टोबर १५ देखि सिनेमाघहरू ५० प्रतिशत अकुपेन्सीका साथ सञ्चालन हुन पाउने छन्।
भारतमा मार्च तेस्रो सातादेखि लकडाउन भएको हो। सिनेमाघरहरू भने मार्च १४ देखि नै ठप्प रहे। सबैभन्दा सुरुमा बन्द हुने उद्योग हो सिनेमा। ‘शुभ मंगल ज्यादा सावधान’, ‘बाघी ३’, ‘लभ आजकाल’ लगायत फिल्म प्रदर्शन लगत्तै सिनेमा हलहरू प्रभावित बने। जसको असर बक्सअफिसमा देखिएको थियो।
महाराष्ट्र सरकारले भने अक्टोबर ३१ अघि सिनेमाघर सञ्चालनमा नल्याउन निर्देशन दिएको छ। पश्चिम बंगालमा सुरक्षा मापदण्ड अपनाउँदै अक्टोबर १ देखिनै सिनेमा हल खुल्दै छन्।
प्रतीक्षारत् फिल्महरू ‘८३’, ‘सूर्यवंशी’ लगायत फिल्महरू प्रदर्शनका लागि हल सञ्चालनमा आउने पर्खाइमा छन्।
