PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

स्पेनमा कोभिड-१९  : अवस्था चिन्ताजनक बनेपछि मड्रिडमा फेरि लकडाउन



पहिलोपोस्ट

स्पेनमा कोभिड-१९  : अवस्था चिन्ताजनक बनेपछि मड्रिडमा फेरि लकडाउन
EPA

स्पेन सरकारले राजनधानी मड्रिड र वरपरको क्षेत्रमा लकडाउन घोषणा गरिएको छ। कोभिड-१९ संक्रमितकको संख्यामा वृद्धि भएपछि पुन: लकडाउन जारी गरिएको हो। घोषित क्षेत्रका नागरिकहरूले अर्को सूचना जारी नभएसम्म सीमा बाहिर निस्कन पाउने छैनन्।

बुधवार, स्पेनका अधिकांश क्षेत्रीय सरकारहरू, जसले स्वास्थ्य सेवाको जिम्मा लिइरहेका छन् उनीहरूले एक लाखभन्दा बढी बासिन्दा भएका क्षेत्रहरूमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए।

मड्रिडको स्थानीय सरकारले भने लकडाउन कानूनी रुपमा उचित नभएको बताउँदै आएका छन्। भलै त्यहाँ पछिल्लो २ सातामा देशभर पुष्टि भएका एक लाख ३३ हजार ६ सय ४ मध्ये एक तिहाइ संक्रमित छन्।

लकडाउन अन्तर्गत मड्रिडका सीमा बाह्य पर्यटकका लागि बन्द रहनेछन्। अत्यावश्यक कामको शिलशिलामा मात्र मड्रिड छिर्न पाउने छन्। त्यस्तै खेल मैदान र पार्कहरू बन्द रहनेछन्। सामाजिक सम्मेलनहरू ६ जना मानिसमा सीमित रहनेछ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई लिएर युरोपेली देशहरूको अवस्था चिन्ताजनक भएको बताएको छ। जोन होप्किन्स विश्व विद्यालयको तथ्याङ्क अनुसार स्पेनमा मात्रै संक्रमणका कारण ३१ हजार ४ सय ११ जनाले ज्यान गुमाइ सकेका छन्। त्यस्तै ७ लाख ४८ हजार मानिसमा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell