PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पारिवारिक पुन: मिलनको पर्व मनाउँदै चिनियाँ, आजै जनगणतन्त्र चीनको ७१ औं स्थापना दिवस



पहिलोपोस्ट

पारिवारिक पुन: मिलनको पर्व मनाउँदै चिनियाँ, आजै जनगणतन्त्र चीनको ७१ औं स्थापना दिवस
फाइल फोटो

काठमाडौं : चीनले बिहीवार जनवादी गणतन्त्र चीनको स्थापनाको ७१ औं वार्षिकोत्सव मनाउँदै छ। आधुनिक चीन स्थापनाको ७१ औं वर्षगाँठसँगै तथा मिड-अटम फेस्टिभल पनि बिहीवार नै चिनियाँहरुले मनाउँदै छन्।

परिवारिक पुन:मिलनको पर्वको रुपमा रहेको मिड अटम फेस्टिवल यस वर्ष बिहीवार नै परेको छ।

'एउटा देशले तब मात्र राम्रो गर्न सक्छ जब परिवारले राम्रो गर्न सक्छ,' चिनियाँ राष्ट्रपति सि जिङफिनले भनेका थिए। राष्ट्रपति सीले सँगै परिवारलाई महत्त्व दिँदै राष्ट्र प्रतिको प्रेममा जोड दिँदै आएका छन्। सन् २०१६ को डिसेम्बर मा सीले पहिलो नमुना परिवार सम्मेलनका क्रममा परिवार शिक्षाको महत्त्वका बारेमा भनेका थिए- 'जब म बच्चा थिएँ, मेरी आमाले मलाई एउटा चित्र किताब दिनु भएको थियो- द लिजेन्ड अफ यु फेइ। यसले यु फेइकी आमाले चार वटा अक्षरको टाटु बनाएकी थिइन्। जसको अर्थ इमान्दारिता पूर्वक देशको सेवा गर्नु भन्छ। यसले मलाई गहिरो प्रभाव पार्‍यो।'

राष्ट्रपति सीले सँधै परिवारबाट आफूले धेरै शिक्षा हासिल गरेको बताउँदै आएका छन्।

एक पटक आफ्ना बुबाको जन्मदिनमा उनले पठाएको एउटा पत्रमा उनले आफ्ना बाबुबाट पाँच कुरा सिकेको उल्लेख गरेका थिए। पहिलो अशल मान्छे कसरी बन्ने, दोस्रो काम कसरी गर्ने, तेस्रो विश्वास कसरी जित्ने, चौथो राष्ट्र प्रतिको अघात स्नेह र पाँचौं सादा जीवन पद्धति। 

राष्ट्रपति सीले भन्ने गर्छन- 'अभिभावकले सँधै आफ्ना बालबालिकाहरु सुरुदेखि नै अशल संस्कार दिनुपर्छ। र उनीहरु पछि देश र जनताका लागि काम लाग्ने छन्।'

आठौँ लुनार महिनाको १५औँ दिनमा मनाइने यो पर्वको आफ्नै मान्यता रहेको छ।

के हो मिड अटम फेस्टिभल?

३ हजार वर्ष पुरानो चोउ शासनकालदेखि यस वर्षको सुरुवात भएको मान्यता रहँदै आएको छ। आदिमकालमा अधिकांश शासकहरूले चन्द्रमालाई वर्षमा एकपटक पूजा गर्दै आएका थिए। पछि यो परम्परा अगाडि बढ्दै गयो शासकहरूले यस पर्वलाई अन्न भित्र्याउने पर्वको रूपमा मनाउँदै आएका थिए। अहिले पनि यो पर्वलाई अन्न भित्र्याउने पर्वको रूपमा मनाइँदै आइएको छ।

यस पर्वमा सबै भन्दा बढी खाइने पकवना मुन केक हो। यसको सुरुवात युआन शासनकाल देखि सुरुवात भएको मानिन्छ। मंगोलहरुको शासन हुँदा मंगोल विरुद्ध विद्रोहको सन्देशसहित मुनकेकको सुरुवात भएको मानिन्छ।

आजभोलि यो पर्वलाई देशैभर मनाइँदै आएको छ। सन् २००८ देखि चीन सरकारले यस पर्वमा बिदा दिँदै आएको छ। अधिकांश कामदार तथा विद्यार्थीहरू यसलाई व्यस्त जीवनबाट आराम लिँदै परिवारसँगको मिलनका लागि सदुपयोग गर्ने गर्दछन्।

त्यसैले यस पर्वलाई परिवारसँगको पुन:मिलनका साथ चन्द्रमाको भोजनसहित मनाउने प्रचलन रहेको छ।

चीन स्थापनाको ७१ औं वार्षिकोत्सव  

यसैबीच आजै बिहीवार चीन भर गणतन्त्र चीनको स्थापना दिवस मनाइँदै छ। बेइजिङस्थित थियानमन स्क्वायरदेखि देशभर दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

थियानमन स्क्वायरमा चिनियाँ जनमुक्त सेनाले परेड खेल्ने छ।

९४९ मा जनगणतन्त्र चीनको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष चीनले स्थापना दिवस मनाउँदै आएको छ। थियानमियान स्क्वायरमा शहीद स्मारकको निर्माण थालनी सेप्टेम्बर ३०, १९४९ मा सुरु भएको थियो। गत २०१४ मा चिनियाँ जनकंग्रेसले सेप्टेम्बर ३० लाई शहीद दिवस मनाउने निर्णय गरेको थियो। 

सोही अनुरुप राष्ट्रपति सी शहीदप्रति श्रद्धान्जली गर्न थियानमियान स्क्वार पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell