PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उपचारमा लापर्वाही गरेको भन्दै इवामुरा अस्पताल घेराउ, आन्दोलित भए स्थानीय र विरामीका आफन्त

उपचारमा लापर्वाही गरेको भन्दै इवामुरा अस्पताल घेराउ, आन्दोलित भए स्थानीय र विरामीका आफन्त

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुर : यहाँको इवामुरा अस्पतालले मृत्यु भएको भनेको व्यक्तिको नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ। इन्डोस्कोपी गर्न गएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको भन्दै अस्पतालविरुद्ध स्थानीय उत्रिएका छन्।

लाखाजुको अहिले नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 'इवामुराले मृत्यु भयो भनेपछि हामीले थप उपचार हुन्छ होला भनेर कराएपछि इवामुरा अस्पतालले नर्भिकमा लग्यो,' विरामी लाखाजुका भाइ विजेस र छोरा नविनले जारी गरेको वक्तव्यमा भनिएको छ, 'नर्भिमकले मुटुको धड्कन बाँकी नै रहेको भन्दै भेन्टिलेटरमा उपचार गरिरहेको छ।'

फर्निचरमा काम गर्दै आएका उनी हिँडेरै इन्डोस्कोपी गराउन अस्पताल पुगेका थिए।

अस्पतालले लापर्वाही गरेको भन्दै आफन्त र स्थानीयहरु अहिले इवामुरा अस्पताल घेराउ गर्न पुगेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell